Sunday, November 8, 2026
Homeसामाचारजेनजी प्रदर्शनका कारण बुधबार दिउँसो १२ बजेसम्म विमानस्थल बन्द

जेनजी प्रदर्शनका कारण बुधबार दिउँसो १२ बजेसम्म विमानस्थल बन्द

काठमाडौँ, २५ भदौ– जेनजी प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ। मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार बिहान १ बजेसम्म विमानस्थल पूर्णरूपमा बन्द गरिएको थियो।

आन्तरिक उडान सेवा प्रदायक कम्पनी बुद्ध एयरले बुधबार जारी गरेको सूचनामा मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने स्पष्ट गर्दै यात्रु वर्गमा परेको असुविधाप्रति क्षमायाचना गरेको छ। कम्पनीले देशको प्रतिकूल परिस्थितिका कारण निर्धारित उडानहरू स्थगित भएको उल्लेख गर्दै टिकट काटेका यात्रुलाई रकम फिर्ता गरिने जनाएको छ।

यसैबीच, वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा जेनजी प्रदर्शनका क्रममा युवामाथि भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

सङ्घले छुट्टै विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेका हेलिकप्टरहरूले कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई उडान सेवा नदिएको स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका