Sunday, November 8, 2026
Homeसामाचारसुरक्षा कायम गर्न सेनाको आग्रह: समुदायलाई सतर्क रहन आह्वान

सुरक्षा कायम गर्न सेनाको आग्रह: समुदायलाई सतर्क रहन आह्वान

काठमाडौँ, २५ भदौ – देशभर शान्ति, सुरक्षा र अमनचैन कायम राख्न नेपाली सेनासहित अन्य सुरक्षा निकाय निरन्तर खटिरहेको जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आम नागरिकलाई सतर्क रहन र अवाञ्छित गतिविधि हुन नदिन सहयोग गर्न आह्वान गरेको छ।

निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअघि नै स्थानीय समुदायले एकजुट भई खबर आदानप्रदान गर्न, आफ्नो टोल–छिमेक सुरक्षित राख्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।

देशमा विद्यमान सुरक्षा चुनौती र विभिन्न स्थानमा उच्छृङ्खल समूहबाट हुने लुटपाट, आगजनी तथा जीउधनको क्षतिको आशंका भएको भन्दै निर्देशनालयले यस्ता गतिविधि देखिएमा नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा तुरुन्त सन्देश पठाउन अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, “केही उच्छृङ्खल तत्वले भ्रामक समाचार सामाजिक सञ्जालमा राखेर स्थिति अतिरञ्जित बनाउन र त्रास फैलाउन खोजेका छन्। त्यसैले यस्ता क्रियाकलापलाई निस्तेज गर्न आफ्ना–आफ्ना क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न अनुरोध गर्दछौं।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका