काठमाडौँ, २५ भदौ – नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई समेत सेनाले नियन्त्रणमा लिएको जनाइएको छ।


