Sunday, November 8, 2026
Homeसामाचारकाठमाडौं उपत्यकामा चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु लागू

काठमाडौं उपत्यकामा चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु लागू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:३० बजेदेखि अर्को आदेश नआएसम्मका लागि चक्रपथभित्र कर्फ्यु लागू गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।

आदेशअनुसार बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको सम्पूर्ण क्षेत्रमा मानिसहरूको आवतजावत, भेला, जुलुस, सभा, प्रदर्शन र बैठक पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन, साथै हवाई टिकट देखाउने यात्रुलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका