Thursday, June 25, 2026
Homeअन्तराष्ट्रिययुक्रेन युद्धबारे ट्रम्प–युरोपेली नेताहरू छलफल, रुसको सबैभन्दा ठूलो हवाई आक्रमण

युक्रेन युद्धबारे ट्रम्प–युरोपेली नेताहरू छलफल, रुसको सबैभन्दा ठूलो हवाई आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने उपायबारे छलफल गर्न युरोपेली नेताहरू सोमबार वा मंगलबार अमेरिकाको भ्रमण गर्ने बताएका छन्।

ट्रम्पले निकट भविष्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि प्रत्यक्ष संवाद गर्ने तयारी रहेको बताए। साथै, मस्कोमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन आफ्नो प्रशासन तयार रहेको संकेत गरे।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रतिबन्धलाई सही कदमको रूपमा स्वागत गर्दै युरोपेली मुलुकहरूले रूसबाट ऊर्जा खरिद पूर्ण रूपमा रोक्नुपर्ने आग्रह गरेका छन्।

यसैबीच, रुसले युद्ध सुरु भएदेखि युक्रेनमा सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। आक्रमणमा चार जनाको मृत्यु भएको छ र पहिलो पटक राजधानी किभस्थित मुख्य सरकारी भवन प्रत्यक्ष निशाना बनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका