Thursday, June 25, 2026
Homeराजनीतिरास्वपा महाधिवेशनः मतदान जारी, बिहान ८ बजेसम्म २ हजारभन्दा बढी मत खस्यो

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान ८ बजेसम्म २ हजारभन्दा बढी मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि जारी मतदानमा बिहान ८ बजेसम्म २ हजार ८ जना प्रतिनिधिले मतदान गरेका छन्।

असार ७ गतेदेखि सुरु भएको महाधिवेशनको निर्वाचन प्रक्रिया लम्बिएपछि असार ११ गतेको पहिलो घण्टा अर्थात् राति १२ बजेदेखि मतदान सुरु गरिएको हो।

निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको छ। महाधिवेशनमा करिब ४ हजार २ सय प्रतिनिधि मतदाता रहेका छन्।

प्राविधिक संयोजक लक्ष्मण रिमालका अनुसार हालको मतदान दर कायम रहेमा मध्याह्न १२ बजेसम्म मतदान प्रक्रिया सम्पन्न हुने अनुमान गरिएको छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको मतदानलाई पार्टीको भविष्यको नेतृत्व संरचना तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका