काठमाडौँ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने चुलु सुदूरपूर्व (चुली) हिमाल अब आरोहणका लागि आधिकारिक रूपमा खुला गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।
६,०३८ मिटर उचाइ रहेको यो हिमालको आधार शिविर पुग्न जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङ ला र लेडर हुँदै यात्रा गर्न सकिन्छ ।
नेपाल पर्वतारोहण सङ्घको व्यवस्थापनमा हुने सो हिमाल आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अनुमति दिएको हो ।


