Sunday, November 8, 2026
Homeसामाचारआजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ भदौ – नेपाल राष्ट्र बैंकले आज (भदौ १९ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा तोकिएको छ। यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १० पैसा र बिक्रीदर १०९ रुपैयाँ ५६ पैसा रहेको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा कायम भएको छ। थाई भाट एकको खरिददर ४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा, र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २ पैसा र बिक्रीदर १८ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५८ पैसा, ओमानी रियाल एकको खरिददर ३६५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका