Thursday, April 30, 2026
Homeसुन्दर नेपालशुक्लाफाँटाका ताल सुक्दै, संरक्षणमा चुनौती

शुक्लाफाँटाका ताल सुक्दै, संरक्षणमा चुनौती

दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ । जलवायु परिवर्तन, जलकुम्भी र झारपातको विस्तारका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन थालेका छन् । पर्याप्त बजेट अभावले संरक्षणमा चुनौती थपिएको निकुञ्ज अधिकारीहरूले बताएका छन् ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायतका ठूला प्राकृतिक ताल जलकुम्भी र झारपातले पुरिँदै मात्र नभई क्रमशः सुक्दै गइरहेका छन् । यी ताल वन्यजन्तुका लागि महत्वपूर्ण पानीका स्रोत हुन् ।

“हामीसँग पुँजीगत बजेट जम्मा ३४ लाख रुपैयाँ छ । त्यही बजेट पर्यटन पदमार्ग निर्माणदेखि अन्य पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने बाध्यता छ,” वाग्लेले जानकारी दिए । उनका अनुसार निकुञ्ज क्षेत्रमा प्राकृतिकबाहेक ४० वटा कृत्रिम ताल पनि छन् ।

जैविक विविधताले समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । असंख्य जीवजन्तु, वनस्पति र सिमसार क्षेत्रले समृद्ध यो निकुञ्जको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा वाग्लेले जोड दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका