जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपूरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको छ।
गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद चर्किँदा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। घटनामा भागदौड मच्चिँदा दुई जना स्थानीय घाइते भएका छन्। उनीहरूको नाम खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले हालसम्म करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ। साथै नजिकका प्रहरी चौकीहरूबाट थप टोली परिचालन गरिएको छ।
धनुषा प्रहरीले स्थिती नियन्त्रणमा रहेको दाबी गरेपनि दुवै समुदायबीच कुनै सहमति भएको छैन। स्थानीयहरू अझै आक्रोशित देखिएका छन् र क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।


