Sunday, November 8, 2026
Homeसामाचारनेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं। सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो।

हालका आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन्। खापुङको नियुक्ति भदौ १९ गतेदेखि लागू हुनेछ। यससँगै उनी नेपाल प्रहरीका ३२औँ महानिरीक्षक बनेका छन्।

नेपाल प्रहरीको औपचारिक स्थापना २०१२ सालमा भएको हो। यद्यपि, प्रहरी प्रधान कार्यालय भने २००७ सालको क्रान्तिपछि नै स्थापनासहित कार्यरत भएको थियो। सो समयदेखि हालसम्म ३१ जनाले आईजीपीको जिम्मेवारी सम्हालेका थिए।

नेपाल प्रहरीका पहिलो महानिरीक्षक तोरण शमशेर जबरा २००७ चैतमा नियुक्त भएका थिए। हालसम्म ३२ औँसम्मको यात्रा पार गर्दै प्रहरी संगठनले विभिन्न समयमा आधुनिकीकरण, संरचनागत सुधार र चुनौतीपूर्ण अवस्थाहरूको सामना गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका