भरतपुर, ७ भदौ – नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।
आज बिहान करिब ६ः३५ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको र स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।
सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्। यो सडकखण्डमा पहिरोका कारण बारम्बार अवरोध हुने समस्या हुँदै आएको छ।


