काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । यस अवधिमा पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति भने कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने अनुमान छ । त्यस्तै, कोशी, वाग्मती र गण्डकीका पहाडी भूभागका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, साना–ठूला नदीनालाको सतह बढ्न सक्ने र यातायात अवरुद्ध हुनसक्ने चेतावनी दिँदै सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।


