काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन अघि बढाउन आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई परमादेश जारी गरेको हो।
गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि छानबिनको माग गर्दै त्रिभुवन साहले रिट दायर गरेका थिए। रिटमार्फत घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरिएको थियो।
२०६३ चैत ७ गते गौरमा आयोजित सभामा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच भएको भिडन्तमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। फोरम नेतृत्वका कार्यकर्ताबाट उनीहरूलाई क्रुरतापूर्वक हत्या गरिएको आरोप छ।


