Sunday, November 8, 2026
Homeसामाचाररासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन कृषि मन्त्रालय क्रियाशील

काठमाडौँ, २५ साउन — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खेतीपातीको समयमा किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन पर्याप्त व्यवस्था गरिएको जनाएको छ। मन्त्रालयका अनुसार हाल २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ अवस्थामा छ।

साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडमा मौज्दात मल बिक्री–वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ।

मलको मौज्दात अवस्था:

कृषि सामग्री कम्पनी: २९,१११ मेट्रिक टन

युरिया: १६,५३९ मेट्रिक टन

डिएपी: ७,६५३ मेट्रिक टन

पोटास: ४,९१५ मेट्रिक टन

साल्ट ट्रेडिङ कर्पोरेसन: १३,७१२ मेट्रिक टन

युरिया: १०,९८४ मेट्रिक टन

डिएपी: ९४२ मेट्रिक टन

पोटास: १,७८५ मेट्रिक टन

मार्गस्थ मलमध्ये ७८,३४९ मेट्रिक टन कृषि सामग्री कम्पनीतर्फ र ६२,१५४ मेट्रिक टन साल्ट ट्रेडिङतर्फ छ।

गत आवको बाँकी ३०,९८३ मेट्रिक टन मल समेत मौज्दातमा रहेको मन्त्रालयले जनाएको छ, जसमा युरिया १९,९२३ मेट्रिक टन, डिएपी १०,४४८ मेट्रिक टन र पोटास ६११ मेट्रिक टन छ।

मन्त्रालयका अनुसार चालु आवका लागि ६ लाख मेट्रिक टन मलको व्यवस्था गर्ने लक्ष्य राखिएको छ, जसका लागि रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरिएको छ। हालसम्म ३ लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका अनुसार किसानले सहज रूपमा मल पाउन सरकारले आवश्यक पहल र प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका