काठमाडौँ, २४ साउनः मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तर भागमा र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाको पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


