Wednesday, October 21, 2026
Homeराजनीतिभैरहवामा रास्वपाको संसदीय दलको बैठक

भैरहवामा रास्वपाको संसदीय दलको बैठक

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार भैरहवामा संसदीय दलको बैठक बोलाएको छ।

पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको बैठक फरक फरक प्रदेशमा बस्ने नीति अनुसार नै बैठक राखिएको कार्यवाहक सभापति डिपी अर्यालले जानकारी दिए। उनका अनुसार बैठकमा सहभागी हुन सांसदहरू भैरहवा आइरहेका छन् र सबै उपस्थित भएपछि बैठकको समय तय गरिनेछ।

अर्यालले यो बैठक पूर्वनिर्धारित भएको बताए। “हामीले दलको बैठक अप्रत्याशित रूपमा बोलाएको होइन, पहिले नै तय भएको हो,” उनले भने। बैठक पार्टीको नीति अनुसार हरेक महिना फरक प्रदेशमा बस्ने कार्यक्रमअनुरूप हो।

उनका अनुसार बैठकमा आगामी निर्वाचनको तयारीबारे ग्राउन्ड जिरो रिपोर्टिङ पनि गरिनेछ। साथै, सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग बिहान भेटेर कुराकानी गरेको जानकारी पनि अर्यालले दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका