Sunday, November 8, 2026
Homeसामाचारसमलिङ्गी विवाह र लिङ्ग परिवर्तनको विरोधमा नागरिक पार्टीद्वारा प्रदर्शन

समलिङ्गी विवाह र लिङ्ग परिवर्तनको विरोधमा नागरिक पार्टीद्वारा प्रदर्शन

काठमाडौँ साउन ११ गते- समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनजस्ता विषयलाई प्राकृतिक नियमको विरुद्ध र समाजको विकृति भन्दै विरोध प्रदर्शन गरिएको छ।

संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले आइतबार माइतीघर मण्डलामा उक्त खबरदारी कार्यक्रमको आयोजना गरेको हो।

प्रदर्शनमा सहभागीहरूले “स्वेच्छाचारिता सभ्यता होइन”, “सभ्यताको जग : स्त्री र पुरुषको विवाह”, “स्वेच्छाचारिता चाहिँदैन”, “लिङ्ग परिवर्तन गराउन पाइँदैन” “विवाह महिला र पुरुषको बीचमा मात्र हुनुपर्छ” भन्ने जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरी विरोध जनाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका