Sunday, November 8, 2026
Homeसामाचारभटौली खोलाको बाढीले पकरबास–मन्थली पक्की पुल जोखिममा

भटौली खोलाको बाढीले पकरबास–मन्थली पक्की पुल जोखिममा

रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने पकरबास–मन्थली पक्की पुल बाढीको कारण कटानको उच्च जोखिममा परेको छ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने भटौली खोलाको उक्त पुलमा खोलाको बाढीले पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेपछि जोखिम बढेको हो। खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार, “खोलाको बहाव सिधै पिलरमा ठोक्किएको छ, टेवा पर्खाल वा जाली जस्ता संरक्षात्मक उपाय अविलम्ब नअपनाए पुलमा ठूलो क्षति हुन सक्छ।”

उनले थपे, “खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ।” निरन्तर वर्षासँगै खोलामा आइरहेको बाढीका कारण तत्काल संरक्षण नहुँदा पुल बगाउने खतरा रहेको वडाध्यक्ष पौडेलको चेतावनी छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका