काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन ठगीका घटनामा टेलिग्राम एप प्रयोग भएको भन्दै उक्त एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो। अनधिकृत रुपमा ठगीका गतिविधि बढ्दै गएकाले एपको दुरुपयोग रोक्न यस्तो कदम चालिएको प्राधिकरणले जनाएको छ।



