Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ असारः देशभर अहिले मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली हुनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ।
कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानमा हुरी–बतास चल्न सक्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका