भक्तपुर: बनेपा–नाला–भक्तपुर सडक खण्ड अन्तर्गत नाला पुलबजारस्थित पुन्यमति खोलामा रहेको पुल भत्किएको छ। हालैको लगातारको भारी वर्षाका कारण बनेपा नगरपालिका–१ स्थित उक्त पुल क्षतिग्रस्त भएको हो।
उक्त पुल अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। पुल भत्किएसँगै यस सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थानीयवासीका अनुसार वर्षौंदेखि जीर्ण भइसकेको पुलको मर्मत तथा स्तरोन्नतिको लागि सम्बन्धित निकायको ध्यान नपुगेको र क्षमता भन्दा बढी भारका कारण पुल भत्किएको हो।


