Sunday, November 8, 2026
Homeसामाचारदेशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ, पश्चिम नेपालको नजिक रहिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतः बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने देखिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली छ। मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ भने कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा हल्का वर्षा र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका