काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी गरिएको ह्वीपमा सबै सदस्यलाई अनिवार्य उपस्थित भई विधेयकको पक्षमा मतदान गर्न कडा निर्देशन दिइएको छ।
सरकारले गत जेठ १५ गते संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक भोलि मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने तालिका रहेको छ।


