Sunday, November 8, 2026
Homeसामाचारकाठमाडौँ उपत्यकाका नदीमा बाढीको खतरा, जलसतह सतर्कता तह पार गर्दै

काठमाडौँ उपत्यकाका नदीमा बाढीको खतरा, जलसतह सतर्कता तह पार गर्दै

काठमाडौँ, ९ असार: काठमाडौँ उपत्यकामा लगातार भएको वर्षाका कारण प्रमुख नदीहरूमा जलसतह सतर्कता तह नाघ्न थालेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मध्यरातदेखि परेको वर्षाका कारण विष्णुमती, बाग्मती र धोवीखोलाको जलसतह तीव्र गतिमा बढेको छ। गौरीघाटस्थित बाग्मती नदी र चाबहिलस्थित धोवीखोलामा त जलसतहले सावधानी तह नाघिसकेको जनाइएको छ।

नदी किनारको बाटो प्रयोग गर्ने तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

त्यसैगरी, गोरखा जिल्लामा पनि भारी वर्षा भईरहेको हुँदा त्यहाँका नागरिकहरूलाई पनि सजग रहन अनुरोध गरिएको छ। वर्षाले राजधानीका विभिन्न क्षेत्रका सडकहरू जलमग्न भएका छन्, जसका कारण यातायातमा समेत समस्या भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका