Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव सक्रिय : भारी वर्षा, बाढी र पहिरोको जोखिममा सतर्कता...

देशभर मनसुनी प्रभाव सक्रिय : भारी वर्षा, बाढी र पहिरोको जोखिममा सतर्कता अपनाउन अनुरोध

काठमाडौं, ७ असार: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहँदै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानहरूमा धेरै भारीदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले नदी तथा खोलाहरूको जल सतह बढ्न सक्ने, गग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको सम्भावनालाई ध्यानमा राख्दै जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा हुन सक्ने असुविधा र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका