Sunday, November 8, 2026
Homeसामाचारयी प्रदेशहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना, सर्तक रहन आग्रह

यी प्रदेशहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं:जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै, देशको पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र भारतको पश्चिम बङ्गाल आसपास विकसित न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव परेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य थोरै भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका