Sunday, November 8, 2026
Homeसामाचारआलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन सुरु

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन सुरु

रौतहट: पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई दिएको जन्मकैदको फैसला उल्ट्याउने उच्च अदालतका न्यायाधीशहरूमाथि छानबिन प्रक्रिया सुरु भएको छ।

राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका ८४ वर्षीय बुबा श्रीनारायण सिंह र अधिवक्ता युवराज सफलले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिनको माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता गराएका थिए।

न्याय परिषद्को बिहीबार बसेको बैठकले दुवै न्यायाधीशलाई इजलासमा बस्न रोक लगाउँदै सर्वोच्च अदालतमा उपस्थित हुन निर्देशन दिएको हो।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन, चैत्र २८ गते, राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको अभियोगमा जिल्ला अदालत गौरले ०८१ साल वैशाख १४ गते आलमसहितलाई जन्मकैदको सजाय सुनाएको थियो।

तर, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उक्त फैसला उल्ट्याउँदै आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो।

पाँच वर्ष आठ महिना आठ दिन जेल जीवन बिताएका आलम उक्त फैसलासँगै रिहा भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका