Sunday, July 5, 2026
Homeराजनीतिसंसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ: सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गर्नुभएको छ।

सभामुख घिमिरेले रास्वपाका कार्यवाहक अध्यक्ष अर्याललाई संसद्मा बजेटमाथिको छलफल सुरु गर्न संवैधानिक बाध्यता रहेको भन्दै अवरोधको स्वरूप बदल्न र सदनलाई मर्यादित बनाउन आग्रह गर्नुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो।

छलफलका क्रममा कार्यवाहक अध्यक्ष अर्यालले भने संसद्मा आफूहरूको अवरोध कायमै रहने स्पष्ट पार्नुभएको छ। तर, उहाँले संसद्को मर्यादा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीले बताए।
गत शुक्रबारको बैठकमा भएको अवरोधको क्रममा केही गतिविधि संसदीय मर्यादाविपरीत देखिएको भन्दै विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनसँग पनि टेलिफोन संवाद गर्दै संसद्को अवरोध हटाउन आग्रह गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ। उहाँले संवैधानिक बाध्यताका कारण सदन सञ्चालन आवश्यक रहेको बताउँदै आफ्ना मुद्दा सदनमै उठाउन आग्रह गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका