Sunday, July 5, 2026
Homeखेलकुदआईसीसी लिग–२: स्कटल्याण्डविरुद्ध नेपाल आज पुनः प्रतिस्पर्धामा, सिरिजमा अपराजित यात्रा कायम राख्ने...

आईसीसी लिग–२: स्कटल्याण्डविरुद्ध नेपाल आज पुनः प्रतिस्पर्धामा, सिरिजमा अपराजित यात्रा कायम राख्ने लक्ष्य

काठमाडौं: आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज पुनः स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको छ। स्कटल्याण्डको फोर्टहिल, डुन्डी मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपालले यसअघि स्कटल्याण्डविरुद्धको पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित निकालेको थियो। त्यसपछि नेदरल्याण्डविरुद्धको दोस्रो खेलमा ५ विकेटको जित हात पार्दै नेपालले सिरिजमा अपराजित यात्रा कायम राखेको छ।

नेपालले सिरिजको अन्तिम खेल आगामी बिहीबार नेदरल्याण्डसँग खेल्नेछ।

अंकतालिका अवस्था
हालसम्म नेपालले लिग–२ अन्तर्गत १४ खेलमा १० अंक जोडेको छ र सातौं स्थानमा रहेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
अर्कोतर्फ, शीर्ष स्थानमा रहेको अमेरिकाले २० खेलबाट २८ अंक जोडेको छ।

नेपाल आजको खेलमा विजयी भई अंकतालिकामा उक्लिने र आगामी चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्य लिएर मैदान उत्रनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका