Friday, July 3, 2026
Homeसामाचारगण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च हिमाली भेगमा हिमपातको चेतावनी

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च हिमाली भेगमा हिमपातको चेतावनी

काठमाडौँ: देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको प्रभावस्वरूप आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा पनि एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका