काठमाडौँ: तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै कारागारसम्म पुर्याएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन्।
सूर्यविनायक नगरपालिका–बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी उनी कोठाभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
हाल घटनास्थलमा प्रहरीको टोली पुगेको छ। मृतकका श्रीमान विराटनगरमा रहेको र उनी काठमाडौँ आइरहेको बताइएको छ।


