Sunday, November 8, 2026
Homeसामाचारबुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीको गौरव: राष्ट्रपति पौडेल

बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीको गौरव: राष्ट्रपति पौडेल

काठमाडौं:राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताएका छन्।

२५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको अनुशरण गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकता अझ सुदृढ र सबल हुने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन्, “बुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र समग्र विश्व समुदायमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानका मूल्यलाई सुदृढ बनाउँदै लैजाने अभियानमा विश्वभरका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

त्रिसंयोगको विशेष दिन
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण — यी तीनवटै घटनाहरू घटेको विश्वास गरिन्छ। यही कारणले आजको दिनलाई बुद्ध धर्मावलम्बीहरूले पवित्र बुद्ध जयन्तीको रूपमा विशेष श्रद्धा, भक्तिभावसहित मनाउने परम्परा रहिआएको छ।

यस विशेष दिनमा देशभरका गुम्बा, विहार, मठ, स्तूप र चैत्यहरूमा बुद्धको पूजा-अर्चना, ध्यान, प्रवचन, तथा विभिन्न धार्मिक कार्यक्रम गरी बुद्धप्रति गहिरो श्रद्धा र भक्ति अर्पण गरिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका