Sunday, April 19, 2026
Homeसामाचारअहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औँ बुद्धजयन्तीका अवसरमा सबै नेपालीलाई शान्ति, करुणा र उज्यालो जीवनको शुभकामना दिएका छन्।

आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध।”
फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले बुद्धजयन्तीले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो होस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका