काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने तयारीमा रहेको छ।
पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि सरकारमा रहनु उपयुक्त नहुने भन्दै पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता दामोदर पण्डितले जानकारी दिए। उनका अनुसार सरकारले पार्टी संरक्षकलाई पक्राउ गरेपछि समर्थन जारी राख्न नसकिने निष्कर्षमा नाउपा पुगेको हो।
“अब हामी चाँडै सरकारबाट बाहिरिन्छौं,” प्रवक्ता पण्डितले भने।
नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा कार्यरत छन्।
पार्टी संरक्षक रेशम चौधरी आज (मंगलबार) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए।


