Thursday, April 16, 2026
Homeसामाचारजसपाको नगर र गाउँ समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित

जसपाको नगर र गाउँ समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशअन्तर्गत ९ वटा गाउँ समिति र २ वटा नगर समिति गरी ११ पालिका समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ।

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ। चिसङ्खुगढी गाउँपालिकामा प्रकाश राई र खिजिदेम्बा गाउँपालिकामा कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ।

भोजपुरको हतुवागढी गाउँपालिकामा नरेश राईको अध्यक्षतामा २८ सदस्यीय समिति र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय समिति निर्वाचित भएको छ।

त्यस्तै, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय समिति र धनकुटाको सहिदभूमि गाउँपालिकामा योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ।

यसैगरी, मोरङ जिल्लाको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको प्रचार विभागले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका