Thursday, June 4, 2026
Homeदेश र प्रदेशगण्डकीमा मन्त्रिपरिषद्‍ विस्तार : पुरानै मन्‍त्रीलाई माैका

गण्डकीमा मन्त्रिपरिषद्‍ विस्तार : पुरानै मन्‍त्रीलाई माैका

दीपक मनाङे फेरि बने युवा तथा खेलकुदमन्त्री

पोखरा : गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गर्दै ५ जनालाई मन्त्री बनाएका छन्।

सबै पुरानै मन्त्रीलाई गुरुङले पहिलाकै जिम्मेवारी सुम्पिएका हुन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन्। किरण गुरुङलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। अरु मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन।

नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराउँदै छिन्। राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका