वीरगञ्ज (पर्सा): वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्। सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल तथा सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन्।
सहसचिव पदका लागि मात्र निर्वाचन भएको थियो, जसमा अनुप अग्रवाल विजयी भएका छन्। प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलका अनुसार सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ।


