Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीको चार वर्षे टूर प्याकेज !

ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीको चार वर्षे टूर प्याकेज !

काठमाडौं: अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएसँगै नयाँ खबरहरूको बाढी आइरहेको छ। रिपब्लिकन पार्टीले ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेन्टेटिभ दुवैमा बहुमत ल्याएको छ। यस चुनावले डेमोक्रेटिक पार्टीलाई सत्ताबाट पूर्ण रूपमा बाहिर पठाएको छ, जसका कारण अमेरिकी जनता आगामी चार वर्षसम्म ट्रम्पको नेतृत्वमा रहने तयारी गरिरहेका छन्।

तर, केही अमेरिकी नागरिकका लागि यो अवस्था स्वीकार गर्न गाह्रो परेको छ। यसैबीच, फ्लोरिडामा आधारित क्रुज कम्पनी ‘भिल्ला भी रेसिडेन्सेस’ ले अनौठो टूर प्याकेजको घोषणा गरेको छ। कम्पनीले अमेरिकाका ती नागरिकहरूलाई चार वर्षसम्म ट्रम्पको कार्यकालबाट टाढा रहने अफर दिएको छ, जसलाई ‘टुर ला भी’ भनिएको छ।

चार वर्षसम्मको टाढा बसाइको प्रस्ताव

कम्पनीले आफ्नो टूर प्याकेज अन्तर्गत यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा भ्रमण गराउने प्रस्ताव राखेको छ। यो प्याकेजमा एक वर्षका लागि ‘एस्केप फ्रम रियालिटी’ क्रूज, दुई वर्षका लागि ‘मिड-टर्म सिलेक्शन’ क्रूज, र तीन वर्षका लागि ‘एभर्वेयर बट होम’ जस्ता थिममा आधारित विस्तारित बसाइको विकल्प राखिएको छ।

यस टूर प्याकेजको मूल्य एक वर्षका लागि ४० हजार डलरबाट सुरु हुन्छ। यदि यात्रुले व्यक्तिगत रूपमा एक क्याबिन लिन्छन् भने चार वर्षका लागि २ लाख ५६ हजार डलर लाग्नेछ, जबकि डबल क्याबिनका लागि ३ लाख २० हजार डलर तिर्नुपर्नेछ। यस शुल्कमा खानपिन, इन्टरनेट, मेडिकल सुविधा, हाउसकिपिङ र कपडा धुने जस्ता सेवाहरू समावेश छन्।

क्रूज अनुभवका रोचक विशेषताहरू

यस टूरमा सहभागी यात्रुले एक महिना क्यारेबियन समुद्रमा बिताउन, पनामा नहर पार गर्न, विश्वका दुई आश्चर्य देख्न, चिलीको फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोको कार्निभल, र दक्षिण अमेरिकाको चार महिना लामो यात्रा गर्न पाउनेछन्। उनीहरूले आठ दिन अमेजन नदीको अविस्मरणीय अनुभवसमेत लिनेछन्।

कम्पनीले यात्राका क्रममा यात्रुहरूलाई अमेरिका बाहिरैबाट मतदान गर्न सक्ने व्यवस्था समेत गरेको छ। सहभागीहरूले २०२६ मा हुने अमेरिकी मिड-टर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउनेछन्।

अफरको घोषणा र प्रतिक्रिया

कम्पनीका सीईओ मिकेल पेटर्सनका अनुसार, चुनावको परिणाम थाहा नभए पनि जसले जिते पनि आधा जनसंख्या असन्तुष्ट हुने निश्चित थियो। यसै कारण, यस्तो क्रूज प्याकेजको अवधारणा ल्याइएको उनले बताएका छन्।

नोभेम्बर ७ मा घोषणा गरिएसँगै यो टूर प्याकेजले ठूलो चर्चा पाएको छ। कम्पनीले जनाए अनुसार, हालसम्म धेरै यात्रुले यो टूरमा जाने इच्छा व्यक्त गरेका छन्। ‘भिल्ला भी ओडिसे’ नामको क्रूज जहाज, जसले हालै आफ्नो १५ वर्षे भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ, यस टूर प्याकेजका लागि तयारी अवस्थामा छ।

यो जहाजले सबै सात महादेश, १३ विश्वका आश्चर्य र १०० भन्दा बढी उष्णकटिबन्धीय टापुहरूको भ्रमण गराउनेछ।

यस अफरले न केवल अमेरिकामा नयाँ खालको ट्रेन्ड सुरु गरेको छ, तर राजनीतिक प्रभावबाट टाढा बस्न चाहनेहरूलाई नयाँ विकल्प पनि प्रदान गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका