Thursday, June 18, 2026
Homeसामाचारबसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

चितवन: रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

खैरहनीबाट टाँडीतर्फ गइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा, त्यसमा सवार तीन जनामध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये, रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ। त्यस्तै, सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् र उनीहरूको उपचार चितवन मेडिकल कलेजमै भइरहेको छ। दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका