Friday, April 24, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा नरेन्द्र मोदीको पासपोर्ट हराएपछि…

अमेरिकामा नरेन्द्र मोदीको पासपोर्ट हराएपछि…

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । यसमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरू अमेरिकामा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिकामा छन् । र, मोदी अमेरिकामा भएका बेला अमेरिकामा उनको पासपोर्ट हराएको घटना अहिले चर्चामा छ ।

घटना १९९७ को हो । त्यतिबेला मोदी भारतको प्रधानमन्त्री त परको कुरा गुजरातको मुख्यमन्त्री पनि बनेका थिएनन् । उनी केवल एक साधारण भाजपा कार्यकर्ता थिए। मोदी सन् १९९७ मा विश्व हिन्दू परिषद् (विहिप) ले आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन अमेरिका गएका थिए ।

कार्यक्रममा भाग लिएर जब नरेन्द्र मोदी आफू पाहुना भएर बसिरहेको घर फर्किए, उनले आफ्नो झोला हराइरहेको थाहा पाए। त्यो झोलामा उनको राहदानी, पैसा र कपडा थियो । भ्रमणको क्रममा मोदीसँगै गएका एक एनआरआई हिरुभाई पटेलले त्यतिबेलाको घटना सम्झिँदै भने -“तनावपूर्ण अवस्थाको बाबजुद पनि नरेन्द्र मोदी शान्त रहे र सबैलाई चिन्ता नगर्न आग्रह गरे ।”

यसपछि नरेन्द्र मोदीले नयाँ राहदानीको पर्खाइमा थप पाँच दिन त्यही घरमा बिताए। जानुअघि उनले आफ्नो तत्काल खर्च धान्न केही डलर ऋण मागे र भारत फर्किएपछि त्यो तिर्ने वाचा गरे। पछि मोदीले ती व्यक्तिका भारतमा रहेका आफन्तलाई केही दिनमै ऋण चुक्ता गरिदिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका