Friday, April 24, 2026
Homeअन्तराष्ट्रियफ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, धेरै घाइते

फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, धेरै घाइते

काठमाडौं: फ्रान्सको ले पोटेल नजिकैको समुन्द्रमा आप्रवासीले भरिएको डुङ्गा पल्टिएको छ । यसबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । फ्रान्सको कोस्टगार्डले अहिलेसम्म ५३ जनाको सकुशल उद्धार गरिएको जनाएको छ ।

कोस्ट गार्डले उद्धार गरिएका धेरैलाई तत्काल उपचार आवश्यक रहेको बताएको छ । समुन्द्रमा खोजी कार्य जारी छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उत्तरी फ्रान्सका मानिसहरूले लगातार बेलायत प्रवेश गर्ने प्रयास गरिरहेका छन्। यो वर्ष हालसम्म २० हजार मानिस फ्रान्सबाट बेलायत पुगेका छन् । यसले यहाँको सरकारलाई दबाब दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका