Friday, April 24, 2026
Homeअन्तराष्ट्रियप्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच आज भेटवार्ता
भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको हो। उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् ।

केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण भएको हो। सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका