Friday, April 24, 2026
Homeअन्तराष्ट्रियपुटिनले युक्रेनमाथि आफूलाई उक्साएको आरोप लगाए

पुटिनले युक्रेनमाथि आफूलाई उक्साएको आरोप लगाए

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रमा केही युक्रेनी सैनिक प्रवेश गरेको घटनालाई युक्रेनको उत्तेजक कारबाही भएको बताएका छन् ।

रुसले ११ ट्याङ्क र २० भन्दा बढी सशस्त्र लडाकु सवारी साधनसहित युक्रेनी सेनाले सादखा सहर नजिकै सीमा पार गरेको बताएको छ ।

बुधबार दिउँसो टेलिभिजन रिपोर्टहरूका अनुसार, “रूसी प्रमुख जनरल स्टाफ भ्यालेरी गोरासिमोभले राष्ट्रपति पुटिनलाई युक्रेनी सेनालाई कुर्स्क क्षेत्रमा अगाडि बढ्नबाट रोकिएको बताए। रूसी सेनाले लगातार सीमामा शत्रुहरूलाई नष्ट गरिरहेको छ।”

गोरासिमोभले सादस्खा कब्जा गर्ने उद्देश्यले एक हजारभन्दा बढी युक्रेनी सैनिक सीमा नाघेको तर रुसी सेनाले सयभन्दा बढी सैनिकलाई मारेको र २१५ भन्दा बढी घाइते भइसकेको पनि बताए ।

युक्रेनले पनि रुसको आरोपमा कुनै प्रतिक्रिया दिएको छैन । रुसी आक्रमणका कारण हजारौं स्थानीय नागरिक घर छाड्न बाध्य भएको अधिकारीहरूले बताएका छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका