Monday, November 9, 2026
Homeसामाचारक्यालिफोर्नियामा विपी स्‍मृति दिवस मनाइँदै

क्यालिफोर्नियामा विपी स्‍मृति दिवस मनाइँदै

क्यालिफोर्निया (अमेरिका): अमेरिकाको क्यालिफोर्नियामा नेपाली काङ्रेसका संस्थापक तथा प्रजातान्त्रिक समाजवाद सिद्धान्तका सुत्रधार तथा प्रणेता विपी कोइरालाको ४२ औँ स्‍मृति दिवस भव्य रुपमा मनाइन लागिएको छ।

सो कार्यक्रममा नेपालका पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजाल प्रमुख अतित्थिको रुपमा सहभागी हुनुहुनेछ। राणा शासन अन्त गरी नेपालमा प्रजातन्त्रको स्थापना गर्नमा प्रमुख भुमिका खेलेका विपी कोइराला अन्तर्राष्ट्रिय ख्यातिप्राप्त राजनेता हुनुहुन्थ्यो। स्व. कोइराला विश्वविख्यात राजनीतिक संस्था सोसलिष्ट इन्टरनेशनलको उपसभापतिसमेत हुनुहुन्थ्यो।

नेपाली काङ्रेसका कार्यकर्ताहरुले उहाँलाई माया गरेर सान्दाई भन्ने गर्थे भने उहाँको व्यक्तित्वसँग परिचित सबैले उहाँलाई महामानव भन्ने गर्थे।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे यरियामा हुन लागेको सो विपी स्‍मृति तथा अन्तरक्रिया कार्यक्रम नेपाली काङ्रेस सम्बद्द नेपाली जनसमर्क समिति अमेरिकाको उत्तर क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको हो। सो कार्यक्रममा सयौंको संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक संस्थाका कार्यवाहक सभापति नारायण खनालले कार्यक्रम भव्य र सभ्य हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो।
त्यसैगरी, सो संस्थाका सचिव हरि भट्ट, उपसभापति लक्ष्मी केसी कार्कीले कार्यक्रमको सबै तयारी भएको बताउनुभयो।

सामाजिक संजालमार्फत आयोजकसमितिको आव्हान

हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!!

आदरणीय आमा-बुवा, दिदीबहीनी तथा दाजुभाइहरू,

महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा “नेपाली जन-सम्पर्क समिति अमेरिका” नर्दन क्यालिफोर्निया च्याप्टरले “विपी स्मृति तथा विशेष अन्तरक्रिया” कार्यक्रमको आयोजना गरेको जानकारी गराउँदै यहॉहरू सबैजनालाइ निम्न मिति,समय र स्थानमा उपस्थितिको लागि “नेपाली जन-सम्पर्क समिति अमेरिका” नर्दन क्यालिफोर्निया च्याप्टर हार्दिक अनुरोध गर्दछ।

जय नेपाल!

मितिः जुलाई २१ २०२४, आइतबार
समयः दिउँसो ४ बजे

स्थानः1026 B Street,Hayward
CA 94541

आयोजकः

नेपाली जन-सम्पर्क समिति अमेरिका

नर्दन क्यालिफोर्निया ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका