Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Thursday, May 14, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारविपद प्रतिकार्यलाई प्रभावकारी बनाउन सहायता कक्ष

विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन सहायता कक्ष

Himalayan Tribune
By Himalayan Tribune
June 23, 2024
0
178
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    मनाङ हिमाली जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो । मनसुनजन्य विपदको समयमा उद्धार र राहतकालाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।
    उहाँका अनुसार जिल्लामा पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ । उहाँले भन्नुभयो, “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र हो । यहाँ कुनै विपद आउनासाथ उद्धार र राहतका कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्ने भूमिका खेल्नेछ ।” जिल्ला विपद सहायता कक्ष एक, चार वटा पालिकामा एक÷एक गरी पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
    प्रजिअ लामिछानेले जिल्लाका सम्पूर्ण कार्यालयलाई जनशक्ति, उपलब्ध स्रोतसाधन तथा सवारीसाधन विपदको समयमा परिचालन गर्ने गरी पूर्व तयारी अवस्थामा राख्न निर्देश गरिएको बताउनुभयो । विसं २०७८ असार १ मा आएको बाढीपहिराका कारण निजी आवास पूर्णरुपमा क्षति लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय समेत भएको छ । मनसुनजन्य विपदमा परी निजी आवास पूर्णरुपमा क्षति भएका नासों गाउँपालिका–३ निवासी डिमान सिंह गुरुङलाई निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम अन्तिम किस्ता वापतको रकम रु एक लाख ७५ हजार व्यक्तिगत खातामा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनको तयारीमा रहेको छ ।
    नासोँ गाउँपालिकाका सम्पूर्ण वडा, चामेका ३, ४, ५ वडा, मनाङ ङिस्याङका १, ४, ५ नम्बर वडामा विसं २०७८ जेठ १४ र असार १ मा भएको वर्षापछि आएको बाढी पहिराले क्षति पुर्‍याएको थियो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

      May 14, 2026
      सामाचार

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026
      सामाचार

      स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

      May 13, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      अमेरिका–चीन उच्चस्तरीय वार्ता बेइजिङमा, व्यापार, ताइवान र ऊर्जा मुद्दामा निर्णायक छलफल हुने संकेत

      May 14, 2026

      केराभन्दा बढी फाइबर पाइने यी फल स्वास्थ्यका लागि लाभदायक

      May 14, 2026

      प्रतिनिधिसभा बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

      May 14, 2026

      आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 14, 2026

      पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

      May 14, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      अमेरिका–चीन उच्चस्तरीय वार्ता बेइजिङमा, व्यापार, ताइवान र ऊर्जा मुद्दामा निर्णायक छलफल हुने संकेत

      May 14, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune