Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, May 12, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारअमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि मन्त्रालयले लियो सुझाव

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि मन्त्रालयले लियो सुझाव

Himalayan Tribune
By Himalayan Tribune
June 4, 2024
0
136
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदनका लागि सरोकार भएका निकायसँग सुझाव लिएको छ । मन्त्रालयले पहिलोपटक पेश गर्न लागेको प्रतिवेदनका लागि सरोकार भएका सरकारी, गैरसरकारी र सांस्कृतिक क्षेत्रका विज्ञसँग तीन दिने राष्ट्रिय परामर्श गोष्ठी गरी सुझाव लिएको हो । जेठ २० गतेदेखि सुरु भएको परामर्श गोष्ठी आज समापन भएको हो ।
    समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदाका विषयमा नीतिगत र कार्यान्वयनको काम दुवै मन्त्रालयले गर्ने भएकाले चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विज्ञसँग लिएको सुझावका आधारमा यही जुन १५ गतेदेखि प्रतिवेदन पेश गर्न सुरु गरिने जानकारी दिनुभयो । जुन १५ मै प्रतिवेदन पेश गरी एसिया प्रशान्त क्षेत्रकै उदाहरणीय काम गर्न लागेको उहाँले सुनाउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो । अनुमोदन गरेको छ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्रसङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो ।
    निर्देशिका परिवर्तन गरेको छ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था बमोजिम यो वर्ष मन्त्रालयले प्रतिवेदन पेश गर्न लागेको हो । गोष्ठीमा अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी क्षेत्रका प्रतिनिधि र विज्ञ गरी ३६ जनाको सहभागिता रहेको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले बताउनुभयो । प्रतिवेदन यही जुन १५ देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)मा पेश गर्न प्रारम्भ गरिने उहाँले जानकारी दिनुभयो । आगामी डिसेम्बर १५ सम्म नेपालले अमूर्त सांस्कृतिक सम्पदा क्षेत्रमा भए गरेका कामको विवरण युनेस्कोमा पेश गरिसक्ने जनाइएको छ । युनेस्कोमा प्रतिवेदन पेश गरेसँगै नेपालका अमूर्त सांस्कृतिक सम्पदाको विवरण सूचीकरण पनि सुरु गरिने मन्त्रालयले जनाएको छ ।
    नेपाल मूर्त, अमूर्त मौलिक सांस्कृतिक सम्पदामा धनी भएपनि अझैसम्म त्यसको सूचीकरण हुन सकेको छैन । अब सरकारले प्राथमिकताका साथ अभौतिक अर्थात् अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण गर्ने जनाएको छ । समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका प्रा डा सन्ध्या खनाल पराजुलीले स्नातकोत्तर तहमा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी पाठ्यक्रम तयार गरी प्राध्यापन गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      अध्यागमनसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदा तयार, ७ दिनभित्र सुझाव माग

      May 12, 2026
      सामाचार

      स्मार्ट सेल विवादः लाइसेन्स खारेजीदेखि अर्बौं बक्यौता र सम्पत्ति स्वामित्वसम्म

      May 12, 2026
      सामाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      अध्यागमनसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदा तयार, ७ दिनभित्र सुझाव माग

      May 12, 2026

      अमेरिकाद्वारा इरानको १४ बुँदे प्रस्ताव अस्वीकार, तनाव थप बढ्ने संकेत

      May 12, 2026

      नेतृत्व फेरिए पनि कांग्रेसमा शक्ति संघर्ष जारी, १५औँ महाधिवेशनको तयारी तीव्र

      May 12, 2026

      स्मार्ट सेल विवादः लाइसेन्स खारेजीदेखि अर्बौं बक्यौता र सम्पत्ति स्वामित्वसम्म

      May 12, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune