Wednesday, April 22, 2026
Homeराजनीतिकाँग्रेस घर घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन: महामन्त्री शर्मा

काँग्रेस घर घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले घर घरमा द्यौसी खेलेजस्तो गरी सरकार बनाउने धन्दामा नलाग्ने बताएका छन्।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए । उनले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुरयाउनेतर्फ नलाग्ने बताए । उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताए ।

शर्माले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे । उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका