Thursday, April 16, 2026
Homeराजनीतिकांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवासमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए। कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नलिइसकेको उनको भनाइ छ।

यसैगरी, बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको नेता केसीले बताए।

आजको बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो। संसद्मा पार्टीका तर्फबाट निर्वाह हुने भूमिकाबारे समेत बैठकमा छलफल भएको नेता केसीले बताए।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका