Thursday, April 16, 2026
Homeसामाचारकृष्ण कँडेलविरुद्धको मुद्दा फिर्ता

कृष्ण कँडेलविरुद्धको मुद्दा फिर्ता

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती परेको करणीसम्बन्धीको मुद्दा फिर्ता भएको छ । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेकी हुन्।

इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी थिइन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

पीडित महिलाले कँडेलसँग आफ्नो कुरा मिलेको भन्दै मुद्दा फिर्ता लिएकी स्रोतले जनाएको छ।
पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका